New Connection

Apply for new connection

A. Documentation Formalities.

Please submit the following documents along with application form.

नागरिकता

लालपुर्जा

निर्माण स्वीकृत

वडा सिफारिस

फोटो

राजिनामा

नयाँ ग्राहक आवेदन फारम : Download Here

B. Information for applying new connection.

१. सप्लाईको समयमा लागू रहेका विद्युत ऐन, नियम विनियमहरु अनुसार बिजुली सप्लाई गरिनेछ ।

२. सप्लाई गरिएको विजुलीको र यस वापत दिइएको सेवाको भुक्तानी तोकिएको समयमा दिनुपर्ने छ । तोकिएको समयभित्र भुक्तानी नदिएमा सप्लाई काटिने छ, यसरी सप्लाई काटिएको पुनः कनेक्शन जोडनुभन्दा अघि ग्राहकले सो सप्लाई काटका र जोडदा लाग्ने आवश्यक दस्तुर सहित पुरानो बाँकी भुक्तानी गर्नु पर्नेछ ।

३. कनेक्शनको इस्टिमेट मूल्यमा आधारित सेवा दस्तुर ग्राहकले दिने पर्नेछ । प्राधिकरणले सर्भिस लाइन जडान गर्दा ग्राहकको घरमा भएको नोक्सानी ग्राहकले नै मर्मत गर्नु पर्नेछ । त्यस सर्भिस लाइनबाट अरु ग्राहकलाई दिने अधिकार प्राधिकरणमा सुरक्षित रहनेछ ।

४. मिटर प्राधिकरणबाट दिइने छ सो वापत प्राधिकरणले मुनासिव माफिको रकम लिन सक्नेछ ।

५. सर्भिस लाईन, कटआउट र मिटर सबैको मर्मत, सम्भार, नियन्त्रण गर्ने अधिकार प्राधिकरणमा निहित रहनेछ । ग्राहकले तिनीहरुलाई अन्य र्सा हटाउन हुँदैन ।

६. ग्राहकको सर्भिस लाइनको प्रवेश स्थान, कटआउट र मिटर जडान गर्ने ठाउँ प्राधिकरणले तोक्ने छ । यसो गर्दा प्राधिकरणले यथासम्भव ग्राहकको इच्छालाई ध्यानमा राख्नेछ ।

७. ग्राहकको आफनो घरमा र घडेरीभित्र जडान भएको प्राधिकरणको सबै सामानहरुको सुरक्षाको जिम्मेवारी ग्राहकमा रहने छ र ती सामानहरु केही वा सबै हराएमा, नोक्सान भएमा वा बिग्रेमा ग्राहकले ती सामानमा लाग्ने मर्मत गर्ने वा बदल्ने वा बिग्रेको बनाउन लाग्ने खर्च प्राधिकरणलाई तिर्नु पर्नेछ ।

८. ग्राहकको घरमा जडान भएका बिजुलीका तार र सामाग्रीहरुको स्तर प्राधिकरणको आवश्यकता अनुसार हुनुपर्छ । त्यसबाट अरु ग्राहकको सप्लाईमा बाधा हुन सक्ने छैन भन्ने कुरामा प्राधिकरणलाई जाँच निरीक्षणबाट सन्तुष्ट नभएसम्म बिजुलीको सप्लाई दिइने छैन । पहिलो पटकको जाँच निरीक्षणकै लागि कुनै दस्तुर दिइने छैन पहिलो जाँचको नतिजा सन्तोषजनक नभएमा अर्को जाँच र निरीक्षणको आवश्यकता हुनेछ र त्यसका दस्तुर पेश्की लिन सकिनेछ । वाइरि·को लागि जिम्मेवारी ठेकेदार प्राधिकरणको जाँच र निरीक्षणको समयमा उपस्थित रहनु पर्नेछ ।

९. विद्यमान वाइरि·बाट कुनै प्रकारको एक्स्टेन्सन गर्नु परेमा ग्राहकले पहिले प्राधिकरणलाई सूचना गर्नु पर्नेछ । प्राधिकरणबाट जाँचेर निरीक्षणक गरेर सन्तोषजनक नपाउन्जेल र एक्स्टेन्सनको स्वीकृती नपाईकन ग्राहकले एक्स्टेन्सन गर्नु हुँदैन ।

१०. कुनै पनि ग्राहकको वायरि·को निरीक्षण र जाँच प्राधिकरणद्वारा सिर्फ वितरक संस्थाको हैसियतले मात्र गरिनेछ । जाँच निरीक्षण पछि वायरि· त्रुटिबाट ग्राहकलाई कुनै पनि किसिमको हानी नोक्सानी वा चोटपटक लागेमा प्राधिकरण जिम्मेवार रहने छैन ।

११. अरु ग्राहकको सप्लाईमा कुनै प्रकारको बाधा हुने गरी कुनै ग्राहकले सप्लाई प्रयोग गर्नु हुँदैन ।

१२. ग्राहकले आफनो सप्लाईको पावरको फयाक्टर यथासम्भव एकाईको निकट होस भन्ने कुरामा सकेसम्म प्रयत्न गर्नुपर्छ । पावर फयाक्टर ०.८ ९ीबननष्लन० भन्दा कम हुन गएमा सप्लाई गर्ने÷नगर्ने अधिकार प्राधिकरणमा सुरक्षित रहनेछ ।

१३. ग्राहक वा कसैले पनि प्राधिकरणको अनुमति बिना प्राधिकरणको मेन लाइनसम्म जोडन वा प्राधिकरणले जडान गरेको मिटरको सामान्य परिचालनमा असर पर्ने गरी वा कुनै साधनद्वारा मिटर नचल्ने गराई विजुलीको खपत नदेखिने वा ढिलो घुम्ने वा वास्तविक खपत भन्दा कम खपत देखाउने जस्ता कुनै कार्य गरी विजुलीको अनाधिकृत उपयोग गर्नु हुँदैन । कुनै ग्राहकको नाम जडान भएको विद्युत शक्तिको अनाधिकृत उपयोग भएको छ भने प्राधिकरणले ठह¥याएमा प्राधिकरणले सो लाईन तुरुन्त काटनेछ र त्यसपछि सो घरमा भएका वा हुन सक्ने विजुली सामाग्रीको सम्भावित प्रयोगको आधारमा एक वर्षको अवधिभित्र खपत हुन सक्ने विद्युत शक्तिको प्रचलित महशुल बराबर रकम र अतिरिक्त हर्जना सो ग्राहकले बुझाउनु पर्नेछ । यस्ता ग्राहकले उपरोक्त बमोजिमको हर्जना समेत महसुल भुक्तान गरिसकेपछि मात्र प्राधिकरणले सो घरमा पुनः विजुली जडान गर्न सक्ने छ ।

१४. ग्राहकले कुनै रुपमा पनि प्राधिकरणको सील (छाप) र अरु सम्पत्ति विगार्न हुँदैन ।

१५. ग्राहकलाई अटुट विद्युत सप्लाई दिन हरेक किसिमको प्रयत्न गरिएता पनि सप्लाईमा गडबडीबाट आइपर्ने हानी नोक्सानी मुआब्जाको मागको दायित्व प्राधिकरणले लिने छैन ।

१६. मिटरदेखि ग्राहकको घरभित्रको वायरि· समेत जाँचबुझ र निरीक्षण गर्न प्राधिकरणका कर्मचारीहरु आफनो परिचय–पत्र लिई बिजुली सप्लाई भएको घर घडेरीभित्र प्रवेश गर्न सक्नेछन । कुनै पनि ग्राहकहरु कहाँ लगातार तिनपल्ट ताल्चा बन्द भई मिटर पढन नपाएमा कुनै ग्राहकको आफनो घर घडेरी भित्र प्राधिकरणका कर्मचारीलाई बिद्युत सप्लाईसँग सम्बन्धीत कुनै कुराको निरीक्षण गर्न नदिएमा सो ग्राहकको विजुलीको कनेक्शन काटिनेछ ।

१७. दरखास्त दिने महानुभावहरुले विद्युत लाइन लिनु अघि तल उल्लेखित प्रमाण अनिवार्य रुपमा पेश गर्नुपर्ने र विद्युत महसुलका भुक्तानी गर्ने उत्तरदायित्व घरधनीमा नै निहित रहनेछ । विद्युत महसुल भुक्तानी सम्बन्धमा बहालमा बस्ने मानिससँग ने.वि.प्रा.को कुनै खास प्रयोजन रहने छैन ।

१८. ग्रार्हस्थ सप्लाईको सम्बन्धमा घर जग्गाको स्वामित्व पाएको संघ÷व्यक्तिकै नाउँमा मात्रै सप्लाई दिइने छ ।

१९. औद्योगिक र व्यापारिक सप्लाई घर÷जग्गाको स्वामित्व भएको व्यक्ति÷संस्थाको जमानतमा दिन सकिनेछ ।

२०. एकै घर÷कम्पाउन्डमा एकभन्दा बढी सप्लाइको नै मनासिव कारण देखिएमा मात्र दिन सकिनेछ ।

२१. घर खरिद गरी विद्युत उपभोगको हक आफनो हुन आएमा खरिद गर्दासम्मका महशुल चुक्त भएको बारे ढुक्क हुनुहोस ।

२२. विद्युत शक्ति आवश्यकता नभई लगत खारेज गर्नु परेमा लगत गरिने महिनासम्मको बाँकी रकमहरु चुक्ता बुझाई ने.वि.प्रा. बाट प्राप्त हुने लगत खारेजी आवेदन भरी लगत गराउनु होला । यसरी सो आवेदन लिखित रुपमा प्राप्त नभएसम्म न्यूनतम शुल्क लागिनै रहने व्यहोरा पनि जानकारी गराइएको छ ।

Check Mail

Pick up your email from anywhere!

Ebidding

Place your online bid from anywhere !

CIP

Consumer Information Platform !