ने.बि.प्रा संगठन तथा व्यवस्थापन सर्भे (NEA O&M Survey 2073)
विभिन्न कार्यालयहरुबाट प्राप्त गर्ने तथ्यांकका केहि सूचक प्रश्नहरु


(प्रश्न समग्र नेबिप्रा लाइ हेरेर बनाइएको हुदा सान्दर्भिक प्रश्न को उत्तर दिनुहोला | निम्न प्रश्नावली बाहेक पनि आफ्नो अनुभव र विज्ञताको आधारमा छुट्टै र थप सुझाब पनि दिन सकिने छ | सबै पद/तहका कर्मचारीले आफ्नो अनुकुलको उत्तर तथा सुझाब दिन सक्नुहुनेछ |)

१. नाम/समूह: २. कार्यालय: ३. तह:
४. कहिलेदेखि यस कार्यालयमा हुनुहुन्छ:

***नेपालि युनिकोड तथा English मा फर्म भर्न सकिन्छ

कार्यगत तथा नीतिगत प्रश्नसुचकहरु १. तपाइको कार्यालय ले गर्ने मुख्यमुख्य कामहरु के के हुन् ?

२. तपाइको कार्यालय को कार्यक्षेत्र:
क. महानगर/नगर का वडाहरु ख. गाबिस ग. ग्राहक संख्या घ. भौगोलिक अवस्था
३. कर्मचारी:

४. सेवाग्राहीबाट परेका निबेदनउपर सामान्यतः कार्यबाहीको आकडा:

५. कर्मचारी र कार्यबोझ
क. कार्यबोझ अनुसार कर्मचारी ठिकै छ ख. कार्यबोझ अनुसार कर्मचारी अपुग छ ग. कार्यबोझ अनुसार कर्मचारी बढी छ
६. कर्मचारी संख्या, कामको प्रकृति र कार्यसम्पादन गर्ने कर्मचारीको पद र तह
क. काम र कर्मचारीको तह मिलेको छ ख. काम र कर्मचारीको तह मिलेको छैन
मिलेको छैन भने
के भएहुन्थ्यो भन्ने ठान्नुहुन्छ?


७. वर्तमानकेन्द्रियसंगठन संरचनाको सम्बन्धमातपाईको धारणा के छ ?

८. विद्युत प्राधिकरणको कार्यक्षेत्र व्यापक भै अपेक्षित रुपमाकार्य प्रभावकारिता आउन नसकेको भनाईको साथमा नेविप्रालाई खण्डीकरण (Unbundling)/कम्पनीको ढाँचा बारेचर्चा पनि सुनिन्छ, त्यसमा तपाईको धारणा कस्तो छ ।

९. विद्युत उत्पादन र प्रसारण सम्बन्धी नेविप्राको नीति र कार्यनीतिलाई विद्यमान प्रसारण लाईन क्षमताले पुरा गर्न सकेको छ/छैन कारण र समस्यानिराकरणको उपायसहिततपाईको धारणा कस्तो छ ।

१०.केन्द्र, क्षेत्र रं जिल्लास्तरमाकार्य सम्पादनगर्दा अनुभवगर्नु परेका आन्तिरिक एवं वाह्यसमस्याहरु के के देख्नु भएको छ ।
के के छन् ।


११. विद्यमानभर्ना, सरुवा,बढुवातथाअवकास नीति कस्तो लाग्छ ? के कस्तो सुधार आवश्यक छ ?

१२. तपाईको कार्यालयको संगठन संरचना (Organogram) ठीक छ, ?
छैन भन, कस्तो हुनुपर्छ जस्तो लाग्छ ?


१३. कार्यालयको दरबन्दीबारे तपाइको धारणा र प्रतिक्रिया के छ ?

१४. केन्द्र वाता लुक निकायबाट अनुगमननिरीक्षण हुने गरेको छ ? छ भने

१५.कर्मचारीको वृत्तिविकास (बढुवा, उच्चशिक्षा, तालिम, निरीक्षण भ्रमण, विदेश भ्रमण आदिकालागि)

१६. कार्यालयमा कर्मचारीहरुलाई परिचालन गर्न सजिलो छ/गाह्रो छ ।
गाह्रो भए किन? कारण सहित कर्मचारी सेवाग्राहीको काम छिटो सम्पादनमा परीचालनगर्न सुधारको लागि सुझावदिनु होस् ।


१७. स्थाई कर्मचारीको अलावा सेवा करार/ज्याला/मस्टरोलमा कस्तो प्रकृतिको काममा कसरी काम लगाईएको छ?

१८. विद्यमान विद्युत ऐन २०४९, विद्युत प्राधिकरण ऐन २०४१ ले विद्युत प्राधिकरणको काम कारवाहीमा प्रभावकारिता ल्याउन कत्तिको उपयोगी छन् भन्ने ठान्नुहुन्छ ?
उल्लेखित ऐनमा तपाईको कार्यालयको प्रभावकारिता अझ बढाउन के गर्नु पर्ला ?


१९. कार्यालयले जनतालाई दिने सेवाप्रवाहलाई सर्वसुलभ गर्न के-के कुरामा सुधारगर्नु पर्ला ?

२०. कार्यालयको कार्य प्रभावकारिता वृद्धिगर्न तपाई र तपाईका कार्यालयका कर्मचारीले कुनै नञाँ प्रणाली (डेस्क, क्लान्ट सर्भे, नमूनाकार्य, आकस्मिक सेवा सञ्चालन आदि) स्थापनागर्नु भएको छ ? छ भने कस्तो ?

२१. कार्यालयको कार्य क्षेत्र, सेवाप्रबाहको अबस्था र मुलुकको संघीय संरचना समेतलाई दृष्टिगत गर्दा निम्न सम्बन्धित कार्यालयहरु कहाँ रहँदा ठीक हुन्छ ?

२२. यदि संघीय संरचना अनुसार नेपाल विद्युत प्राधिकरणलाई समायोजन गरेको अवस्थामा सेवाप्रवाह, कर्मचारी संख्या, कार्यक्षेत्र वाँडफाँडमा कस्तो प्रणाली अवलम्वनगर्नु पर्ला ?

२३. नेविप्राकर्मचारी सेवाविनियमावली २०६२ र आर्थिक प्रशासनविनियमावली २०६८ को व्यवस्था कस्तो लाग्छ ?
क. ठीक छ ख. ठीक छैन
यदि, ठीक छैन भन्ने ठान्नुहुन्छ भने कुनकुन नियममा कस्तो संशोधनगर्दा कार्यालयको कर्मचारीको र कामको गुणस्तरमा वृद्धि हुन्छ भन्ने ठान्नुहुन्छ ?

२४. दण्ड र पुरस्कारको व्यवस्था प्रभावकारी भए/नभएको बारे तपाईको राय तथा सुझाव कस्तो छ ।

२५. समष्टिमा तपांइको सुझाव

२६. माथी उल्लेख भए देखि बाहेक अन्य कुनै विषयमा यहांको कुनै सुझाब भए आधार र कारण सहित सुझाब दिनुहोस् ।

  
थप सुधार/सुझाबका लागि सम्पर्क इमेल: s_mukunda@yahoo.com; neaonm@nea.org.np; र विज्ञ डा. बद्रि पोख्रेल इमेल: badripp@gmail.com
फोन नम्वर: ०१-४१५३०८९, फ्याक्स: ०१-४१५३०६७