देशलाई लोडसेडिङ्ग मुक्त गराउने अभियानमा सहयोग गरौ

Updated Date : 07-12-2016

देशलाई लोडसेडिङ्ग मुक्त गराउने अभियानमा सहयोग गर्न नेपाल विद्युत प्राधिकरणको अनुरोध

देशलाई लोडसेडिङ्ग मुक्त गराउने अभियानमा सहयोग गर्न नेपाल विद्युत प्राधिकरणको अनुरोध
 
नेपाल विद्युत प्राधिकरण लोडसेडिङ्ग न्यूनिकरण गर्दै ग्राहकवर्ग हरुमा नियमित विद्युतआपूर्ति हुने गरि आपूर्ति र मागव्यवस्थापन गर्न प्रयासरत छ । वढ्दो चिसो तथा सुख्खायामको कारण नदिहरुमा पानीको बहाव कम हुनगई विद्युत उत्पादनमा कमिहुने भएकोले विद्युतको माग व्यवस्थापनको लागि तपसिल अनुसारको कार्य गरी गराई देशलाई लोडसेडिङ्ग मुक्त गराउने ने.वि.प्रा.को अभियानमा सहयोग पु–याई दिनुहुन सम्पूर्ण ग्राहक महानुभावहरुमा नेपाल विद्युत प्राधिकरण हार्दिक अनुरोध गर्दछ ।
 
१.अन्य बल्बहरुको तुलनामा वढी आयु र प्रकाशदिने लेड (LED) प्रयोग गरेमा विद्युत खपत कम हुने र दिर्घकालिन रुपमा अन्य वल्वको तुलनामा सस्तो पर्न जाने भएकाले लेड (LED) को प्रयोग गर्ने तथा पिकलोड समय(विहानः६ः००–९ः०० र वेलुका ४ः३०–८ः३०)मा निम्नवमोजिमको उपकरणहरु प्रयोग नगरिदिनुहुन:
आइरन, रुम हिटर, इमर्सन हिटर, पानीतान्ने पम्प, एयर कण्डिसनर, इलेक्ट्रिक गिजर, वाशिङ्ग मेशिन ।
- रुम हिटर,ईमर्सन हिटर,एयर कन्डिस्नर,इलेक्ट्रिक गिजारलगायतका बढी विद्यतु खपतगर्ने उपकरणहरु सम्भव भए सम्म पिकलोडका अतिरिक्त अन्य समयमा समेत प्रयोग नगरिदिनुहुन ।
- कम विद्युत खपत गर्ने (Energy Star Label) भएका विद्युतीय उपकरणहरु प्रयोगगरिदिनुहुन ।
- कोठामा मान्छे नहुदा वत्ति लगायतका विद्युतीय उपकरणहरु स्वचालित रुपमावन्दहुने मास्टर कि स्वीच (Master Key Switch) को प्रयोग गर्ने व्यवस्था मिलाउनुहुन ।
- आवश्यक नभएको अवस्थामा सम्पूर्ण विद्युतीय उपकरणहरुको स्वीच अफ गरिदिनुहुन।
२. पिकलोड समय साँझ(४ः३०–८ः३०)वजेसम्म साना-ठूला सम्पूर्ण उद्योग नचलाउने, उद्योगहरुमा ऊर्जा परिक्षण (Energy Audit) गराई उपलब्ध विद्युत शक्तिको अधिकतम (Optimum) उपयोग गर्ने, उद्योगमा क्यापासिटर बैंक अनिवार्यरुपमा जडान गर्ने व्यवस्था मिलाउनुहुन ।
३. कार्यालय तथा उद्योग परिसर एवं सडकमा कम विद्युत खपत गर्ने लेड वल्व (LED Bulb) प्रयोग गर्न र सो को लागि दिनमा निभ्ने गरी स्वचालित स्वीच (Photo Voltaic Switch) को प्रयोग अनिवार्यरुपमा गर्न, जथाभावी वत्ती नबाल्न र सौर्य सडकवत्ती प्रयोग गर्नुहुन ।
४. विद्युतचुहावट भए-गरेको पाईएमा सो को सूचना ने.वि.प्रा. को नजिकको कार्यालयमा दिई सहयोग गरिदिनुहुन अनुरोध छ ।

Footer Bottom / Start -->