ग्राहकवर्गहरुमा अनुरोध

Updated Date : 17-11-2016

नेपाल बिद्युत प्रणालीको पिकलोड समय बिहान ५.०० बजेदेखि ८.०० तथा बेलुका १७.३० बजेदेखि २०.३० बजेसम्मको समय...

ग्राहकवर्गहरुमा अनुरोध

नेपाल बिद्युत प्रणालीको पिकलोड समय बिहान ५.०० बजेदेखि ८.०० तथा बेलुका १७.३० बजेदेखि २०.३० बजेसम्मको समय बाहेक अन्य समयमा मात्र बढी बिद्युत खपत हुने उपकरणहरु (वासिंग मशिन, पानि तान्ने पम्प, आइरन, गिजर, हिटर जस्ता उपकरणहरु) प्रयोग गरि बिद्युत माग व्यवस्थापन कार्यमा सहयोग पुर्र्याई दिनुहुन नेपाल बिद्युत प्राधिकरण समस्त ग्राहक महानुभाब हरुसंग बिनम्र अनुरोध गर्दछ |

साथै बिद्युत चुहावट सम्वन्धि सूचना प्राप्त भएमा सोको जानकारी नेपाल बिद्युत प्राधिकरणको नजिकको कार्यालय वा निम्न बमोजिमको उल्लेखित टेलिफोन नम्वरहरु मा उपलव्ध गराई बिद्युत चुवाहट नियन्त्रण कार्यमा सहयोग गरि दिनुहुन समेत नेपाल बिद्युत प्राधिकरण सम्पूर्ण ग्राहक वर्गमा अनुरोध गर्दछा | बिद्युत चोरी नियन्त्रण बिनियमावली २०५९ मा व्यवस्था भएअनुसार सूचना दिने व्यक्तिलाई पुरस्कृत गरिने व्यवस्था रहेको व्यहोरा समेत जानकारीको लागि अनुरोध गरिन्छ |

वितरण तथा ग्राहक सेवा निर्देशनालय

दरबारमार्ग काठमाडौँ

फोन : वितरण तथा ग्राहक सेवा निर्देशनालय: ०१-४१५३१४५

जनसम्पर्क तथा गुनासो व्यवस्थापन शाखा: ०१-४१५३०२२


Footer Bottom / Start -->