Navigations
Latest Updates
हेटौडा–भरतपुर २२० के.भी. प्रसारण लाईन आयोजनाको शिलान्यास
Updated on : 2012-01-06

माननीय उर्जामन्त्री श्री पोष्ट बहादुर वोगटी ज्यूवाट हेटौडा–भरतपुर २२० के.भी. प्रसारण लाईन आयोजनाको शिलान्यास २०६८ पौष १८ गते, सोमवार सू–सम्पन्न भयो ।
१) परिचय
देशमा पछिल्ला केही वर्षहरुदेखि विद्यमान चरम ऊर्जा संकट एवं विकराल लोडसेडिङ्गका प्रमूख कारक तत्वहरुमध्ये उपयूक्त क्षमता तथा आवश्यकतानूसार उच्च भोल्टेज विद्यूत प्रसारण लाईनहरुको विकास नहूनू पनि एक हो । यो पक्षलाई ह्दयंगम गर्दै नेपाल सरकारले “राष्ट्रिय विद्यूत संकट निरुपण कार्ययोजना, २०६५” जारी गरी अत्यन्त प्राथमिकताका साथ संचालन गरेका कार्यक्रमहरु मध्ये हेटौंडा—भरतपूर २२० के.भी. प्रसारण लाईनको निर्माण पनि एक रहेको छ ।
प्रशारण प्रणालीको क्षमता अभिवृद्घी गर्नको लागि विगत १५ वर्ष अगाडिनै हेटौंडा देखि वर्दघाट सम्मको २२० के.भि क्षमताको प्रशारण लाईनको प्रस्ताव गरिएकोमा लाईन निर्माणमा लाग्ने ठूलो धनराशीको अभाव लगायतका कारणले कार्यान्वयनमा जान सकिएको थिएन । हेटौंडा देखि भरतपुर सम्मको १३२ के.भि Single Circuit Line वाट आवश्यकता अनुसार पूर्वि तथा काठमाण्डौं क्षेत्रमा सूचारु रुपले विद्युत प्रवाह हुननसकेकोले (Bottle Neck समस्या) तथा राष्ट्रीय विद्युत प्रणलीको प्रसारण क्षमतामा वृद्धि गर्नुपर्ने, भरपर्दो वनाउने र पश्चिम नेपालमा रहेको विद्युत तथा हाल निर्माण भई रहेको Upper Seti, Upper Marsyandi,upper Tamakoshi तथा पछि बन्ने विद्युत आयोजनाहरुबाट उत्पादन हुने विद्युत शक्ति नेपालको पूर्वी र पश्चिम क्षेत्र तथा काठमाण्डौ उपत्यकामा प्रसारण गर्नको लागि यसको आवश्यकता देखिए अनुसार सन २००८ मा World Bank ले यस आयोजना निर्माण गर्नको लागि आफनो प्रतिवद्धता जाहिर गरेपछि यस आयोजनाको निर्माण कार्यको सुरुवात भएको हो ।
२) आयोजनाका कार्यहरु
हेटौडा—भरतपूर २२० के.भी. प्रसारण लाईन आयोजनामा मूख्य दुईवटा कार्यहरु छन ।
क)हेटौंडा देखि भरतपुरसम्म २२० के.भी. प्रसारण लाईन निर्माण कार्य ।
ख)नयाँ हेटौंडा र भरतपुरमा नयाँ सव–स्टेशन निर्माण तथा इमि हेटौंडा र वर्दघाटमा सव–स्टेशन विस्तार कार्य ।
३) आयोजनाको लागत
ठेक्का सम्झौता अनुसार आयोजनाको लागत भ्याट वाहेक निम्न वमोजिम रहेको छ ।
प्रसारण लाईन निर्माण कार्यको लागत : यू.एस.डलर १२,३९९,६१६।५८ ने.रु. २८६,०१९,५३९।१४
सव–स्टेशन निर्माण कार्यको लागत : यू.एस. डलर ३,१०९,०५६।०० ने.रु. २२४,९०५,६९७।१६
४) आयोजनाको लागत व्यवस्थापन
विश्व बैंकको ऋण सहयोग तथा नेपाल सरकार एंव नेपाल विद्युत प्रघिकरणको संयुक्त लगानीमा आयोजनाको निर्माण कार्य भईरहेको छ ।

