Latest Updates


गमगाड साना जल विद्युत आयोजना सम्पन्न
Updated on : 2011-12-03

नेपालमा विद्युत उत्पादन भएको शतवार्षिकोत्सव मनाईदै गर्दा देशको ७४ वटा जिल्लामा विद्युत वितरण व्यवस्था भएको र ७५ औं जिल्ला मुगु अझै वन्चित रहनु परेको थियो । तर फर्पिङ उत्पादन केन्द्रबाट वि.स. १९६८ मा उत्पादन भएको  १०० वर्ष पुगेको यस वर्ष २०६८ सालमा यहि आश्विन महिनाबाट मुगु जिल्लामा पनि विद्युत वितरण कार्य शुरु गरिएको छ ।

मुगु जिल्लामा प्रसस्त जल विद्युत उत्पादनको संभावना भएता पनि बाटो नपुगेकोले आयोजना निर्माण गर्न अत्यन्त कठीन छ । आ.व. २०५३।०५४ मा मुगुलाई आवश्यक विद्युत मुगु जिल्लाकै गमगाड खोलाबाट निकाल्न सकिने प्रारंम्भिक पहिचान भई सर्वेक्षण र डिजाइन शुरु गरिएको थियो । आ.व. २०५६।५७ मा आयोजना कार्यालय खोलिएको र २०५८ कार्तिकमा सम्पूर्ण निर्माण कार्य  टर्न– कीे आधारमा गर्ने गरी ग्लोवल कन्स्ट्रक्शन कं संग ठेक्का संझौता भएको थियो । विभिन्न कारणले सम्झौता भएको १० वर्ष सम्म पनि निर्माण कार्य पुरा नगरी ठप्प रहेको अवस्थामा २०६७ पौषमा ठेकेदारलाई निस्कासन गरी ने.वि.प्रा. आफैले कार्य सम्पन्न गर्ने निर्णय भएको थियो ।  सोही बमोजिम ६ महिना भित्र सम्पन्न गर्ने कार्य योजना सहित प्रवन्धक हितेन्द देव शाक्यको संयोजकत्वमा प्रवन्धक महादेव मण्डल तथा स.प्रवन्धक बाबुराजा महर्जन सहितको विशेष कार्य दल गठन गरिएको थियो । कार्यदलले कार्य प्रारम्भ  गरेको २०६७ चैत्र १ देखि ६ महिना भित्र मनसुनी वर्षाको प्रतिकूल अवस्थाका वावजुद सम्पूर्ण बांकी निर्माण कार्य सम्पन्न गरेको छ । हाल उक्त जिल्लाको ५ वटा गा.वि.स.मा निर्माण भएका ४०० भोल्टका वितरण लाइनबाट ग्राहकहरुलाई मिटर वितरण गर्ने कार्य जारी छ । यस आयोजना सम्पन्न भए पछि हाल नेपालमा विद्युत उत्पादन भएको १०० वर्ष पछि नेपालको ७५ वटै जिल्लामा विद्युत वितरण गर्ने कार्य सम्भव भएको छ ।

कार्य सम्पन्न प्रतिबेदन