Latest Updates


ने बि प्रा र K-Water बिच Upper Modi 'A' र Upper Modi बिकाश गर्ने JDA
Updated on : 2012-03-28

 

माथिल्लो मोदी ‘ए’ जल विद्युत आयोजना गण्डकी अंचलको पर्वत र कास्की जिल्लाको सिमाना नदी मोदी खोलामा अवस्थित Run off the river आयोजना हो । यस आयोजनाको पानी फर्काउनको लागि मोदी खोलामा कंक्रिटको वाँध राखि विद्युत उत्पादन गर्न चाहिने १८.५० क्युमेक पानी ६०८५ मी लामो सुरुङ्ग मार्ग हुँदै स्याउले बजारमा अवस्थित विद्युत गृहमा खसालेर करिव ४७ मे.वा. (२३८.२ गे.वा.आवर) वरावरको विजुली उत्पादन गरिने प्रस्ताव गरेको छ । यस आयोजनाबाट उत्पादित विजुली ७.५ कि.मि. लामो १३२ के.भि. को Transmission Line बनाई प्रस्तावित New Modi Substation (डिमुवा, पर्वत) मा जोडिने प्रस्ताव गरिएको छ ।
 
माथिल्लो मोदी ‘ए’ ज.वि.आयोजना काठमाण्डौबाट करिव २५० कि.मी पश्चिम पर्वत जिल्लाको घान्द्रुक गा.वि.स मा अवस्थित छ । पोखरा–वाग्लुङ्ग राजमार्गको नयाँ पुल बजारबाट करिब ११.५० कि.मी. उत्तर तिर आयोजना स्थल अवस्थित छ । नयाँ पुल बजारबाट आयोजना स्थलसम्मको करिब ११.५० कि.मी कच्ची बाटो र मोदी खोला माथीको पुल करिव तयार भई सकेको छ ।
 
यस आयोजनाको पहिचान गरि सन २००० मा नेपाल विद्युत प्राधिकरणले आयोजनाको संभाब्यता अध्ययन कार्य सम्पन्न गरेको थियो । साथै आयोजनाको वातावरणीय अध्ययन कार्य (EIA) सम्पन्न गरि सम्बन्धित निकायबाट EIA Approval भई सकेको छ । 
 
यस आयोजनाको संयुक्त विकास गर्न मिति June 1st 2011 मा Korea को Korea Water Resources Corporation (K-Water) र ने.वि.प्रा. विच Memorandum of Understanding (MoU) गरिएको थियो । K–Water बाट अपर मोदी ‘ए’ विकास गर्न सकिने प्रस्ताव पेश भएको साथै अपर मोदी समेत सम्भावित देखिएमा साथै विकास गर्ने प्रस्ताव रहेको छ । अतः उक्त आयोजनालाई विकास गर्न ने.वि.प्रा. र K-Water विच Joint Development Agreement (JDA) मा सहमति जनाई हस्ताक्ष्र गरिएको छ । Updated Feasibility Study तयार गरी K-water बाट Financial Arrangement गरिएको अवस्थामा Special Purpose Company (SPC) बनाई आयोजनाको कार्य अगाडी बढाईनेछ । उक्त कम्पनीमा ने.वि.प्रा. को 20% र K-water को 80% सम्म शेयर रहने छ । जस्मा स्थानिय बासिन्दालाई 10% सम्म Ownership दिन सकिने प्राबधान राखिएको छ । यस JDA को म्याद १ वर्ष को रहने छ ।